चितवन । कोरोना भाइरस लक्षित जारी चितवनमा गत बैशाख १६ गते देखि लागु भएको निषेधाज्ञा जेठ २० गते सम्म थप भएको छ । चितवनमा संक्रमणको जोखिम अझै कायम रहेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले जेठ २० गते सम्मको लागि निषेधाज्ञा थपिएको जनाएको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेका अनुसार चितवनमा कोरोना संक्रमणको जोखिम अझै कायम रहेकाले निषेधाज्ञाको अवधी बढाइएकोे जानकारी दिए । चितवनमा कोरोना संक्रमण बढ्दै गएपछि प्रशासनले पहिलो चरणमा बैशाख १६ गते राती १२ बजे देखि ३१ गते सम्म निषेधाज्ञाको जारी गरेको थियो । त्यसपछि दोस्रो चरणमा जेठ १३ गते सम्म थपिएको निषेधाज्ञा पुनः जेठ २० गते सम्म ७ दिनको लागि थपिएको हो ।
चितवन जिल्लाको कोरोना आकंडालाई हेर्नेहो भने हालसम्म १२ हजार ९७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । तीमध्ये चार हजार ८३४ सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये चार हजार ६५८ होमआइसोलेशनमा उपचाररत रहेका छन् भने १६२ अस्पतालमा र १४ जना सामुदायिक आइसोलेशनमा रहेका छन् । ७ हजार ९३५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । चितवनमा हालसम्म २०६ जनाको कोरोनाको कारण मृत्यु भएको छ ।













