महेश पाण्डे
चितवन । ईलाका प्रहरी कार्यालय रत्ननगरमा नया डिएसपी रबिन बावु रेग्मीको आगमन भएको छ भने डिएसपी ईन्द्र बहादुर रानालाई बिदाई गरिएको छ ।

आज (आइतबार) ईलाका प्रहरी कार्यालय रत्ननगरको प्राङ्गणमा भएको स्वागत तथा फेरि भेटौला कार्यक्रममा बोल्दै बाग्लुङ्ग सरुवा भएर जान लाग्नु भएका डिएसपी इन्द्र बहादुर रानाले आफ्नो १३ महिनाको कार्यकाल सहज ढंगबाट बितेकोमा खुसी ब्यक्त गरे । उनले आफु गत वर्ष फागुन १९ गते ईप्रका रत्ननगरमा प्रमुखको रुपमा आएको स्मरण गर्दै यो १३ महिनाको अवधिमा प्रहरीमैत्री र जनमैत्री ढंगबाट आफुले काम गरेको धारणा ब्यक्त गरे ।

उनले सो अवधिमा सबै भन्दा धेरै करिब १४५ केजी चरेस बरामद गरेको साथै रत्ननगर–१४ कि बालिकालाई ललाई फकाई भारतमा लगिएकोमा उनको सकुसल उद्धार गर्न सफल भए सम्मको घटना सम्झिए । रानाले पूर्वी क्षेत्रमा हुने काठको तस्करी रोक्न २०० क्युसिक काठ बरामद गरिनुका साथै नदि जन्य पदार्थ चोरी निकासीमा संलग्न १३८ वटा सवारी साधनलाई कार्वाही गरिएको र उनिहरुबाट करिब २३ लाख राजश्व संकलन गरिएको पनि जानकारी दिए । उनले आफ्नो कार्यकालभरि आफुलाई सहयोग गर्ने सबैलार्य धन्यवाद ब्यक्त गरे ।
हालै मात्रै सरुवा भएर ईप्रका रत्ननगरको प्रमुखको रुपमा आउनु भएका डिएसपी रबिन बावु रेग्मीले आफु चितवनबाट केहि समय अघि बर्दी फुकालेर कामकै सिलसिलामा सिभिल प्रहरीको रुपमा गएकोमा फेरि चितवनमा नया जिम्बेवारीका पुन बर्दी लगाएर पूर्वी क्षेत्रको शान्ति सुरक्षाको जिम्बेवारी बहन गर्न आएको जानकारी दिए ।

उनले आफु पूर्वी क्षेत्रमा नया भएको र शान्ति सुरक्षा कायम गर्नका लागि सबैको साथ र सहयोगको अपेक्षा रहेको बताए । उनले देशकै तेस्रो पर्यटकिय नगरी सौराहा पनि रत्ननगरमानै रहेकाले बिश्वभरबाट आउने पर्यटकलाई सौराहा सदैव सुरक्षित छ भन्ने बनाउन आफु लागि रहने धारणा पनि ब्यक्त गरे ।











