चितवन । नेपाली काँग्रेस चितवनका नेता तथा सामाजिक व्यक्तित्व भेषराज दुवाडी प्रबल जनसेवाश्री पदकबाट विभूषित भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल राष्ट्रको गौरव एव्म नेपाली जनताको हित अभिबृद्धिमा गरेको योगदानको उच्च मुल्याङ्न गर्दै चतुर्थ श्रेणीको सो पदकबाट दुवाडी विभूषित गरेकी हुन ।

राष्ट्रपति भवन शीतल निवासमा आज बिहीवार राष्ट्रपति भण्डारीले चितवनको रत्ननगरका दुवाडीलाई सो पदक हस्तान्तरण गरेकी हुन । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा रत्ननगरको मेयरमा दावी गरेका दुवाडीलाई उद्यमशिलता तथा सामाजिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सरकारले विभूषण गरेको हो । लामो समय देखि सामाजिक क्षेत्रमा क्रियाशिल दुवाडीले चितवनको शक्तिखोरमा औद्योगिक क्षेत्र निर्माण,औद्योगिक प्रर्दशनी केन्द्र र औद्योगिकग्राम निर्माणमा नेतृत्वदायी भूमिका खेलेका छन् । दुवाडी औद्योगिक क्षेत्रका अभियान्ता समेत हुन । उत्पादन मुलक उद्योगको स्थापना गरी रोजगारी सृजना गर्न महात्वपूर्ण भूमिका खेलेका दुवाडीले सामाजिक क्षेत्र अन्तर्गत विपन्नलाई शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि राम्रो योगदान गर्दै आएका छन् ।

सौराहाको पर्यटन विकासलाई उचाईमा लैजान भूमिका खेलेका दुवाडीले पर्यटन गुरुयोजना निर्माण गरी विकासको आधारशिला तयार गर्ने काम गरेका थिए । कोरोना महामारीको बेला मान्छेसंग मान्छे डराउने अबस्था रहेको दुवाडीले आफ्नै होटलमा आइसोलेशन निर्माण गरी संक्रमितको उपचार गराउन सफल भएका थिए । स्थानीय सरकारले क्वारेन्टाइन सञ्चालनको लागि सिंगो होटल दिँदा पनि राज्यले वास्ता नगरेपछि व्यवसायी आफै अग्रसर भएर क्वारेन्टाइन स्थापना गरी संक्रमितको उपचार गरेका थिए ।

मेयरमा दावी गरिरहेका दुवाडीले रत्ननगरलाई पर्यटन तथा अर्गानिक सिटीको रुपमा विकास गर्ने धारण सार्वजनिक गरेका छन् । सिंगो रत्ननगरको डिपीआर तयार गरी नगरको विकासको लागि सरकार तथा बैदेशिक श्रोतको परिचालन गर्ने योजना बनाएको बताए । नगरबासीलाई सुसासनको प्रत्याभूति दिलाउदै रत्ननगरलाई पर्यटन,कृषि र उत्पादनसंग जोड्ने बताए ।

नेपाली कांग्रेसका नेता समेत रहेका दुवाडीले सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरुको उचित व्यवस्थापन गर्दै घरविहीनहरुलाई घर तथा सामुहिक आवास निर्माणलाई अगाडि बढाउने बताए । रत्ननगरको मेयर पदका प्रबल दाबेदार दुवाडी नेपाली कांग्रेस पार्टीको गठबन्धन गरेर चुनाबमा जाने केन्द्रीय नीतिलाई शिरोपर गर्दै पार्टीको मुल्याङ्कनमा आफु अब्बल सावित भए गठबन्धन दलका समेत समग्र जनमतको भावनालाई कदर गर्दै आफु अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् । पार्टीद्धारा जारी हुने चुनाबी घोषणापत्रको अक्षरस पालन तथा विज्ञहरुको परामर्शद्धारा आफू परिचालित हुने बताए । संविधान दिवसका अवसरमा घोषणा गरिएको विभूषण आज प्रदान गरिएको हो । संविधान दिवसका अवसरमा सरकारले नौ सय तीन जनालाई मान–पदवी, अलङ्कार र पदकबाट विभूषण गर्ने घोषणा गरिएको थियो ।

तपाईको प्रतिक्रिया