चितवन । नारायणगढ मुग्लिङ सडक खण्डको कालीखोलामा बस र ट्रक ठोक्किएको छ । आज (मंगलबार) बिहान ०८ः१५ बजेको समयमा ईच्छाकामाना गा.पा.६ नारायणगढ मुग्लिङ सडक खण्डको कालीखोलामा बस र ट्रक एक आपसमा ठोक्किएको हो ।

प्रहरीका अनुसार मुग्लिङबाट नारायणगढ तर्फ जादै गरेको ना६ख ७०३ नम्बरको ट्रक र बिपरीत दिशाबाट आउदै गरेको ना४ख १४१९ नम्बरको बस एक आपसमा ठक्कर खादाँ बसमा सवार ३ जना सामान्य घाईते भएका छन् ।

घाईते मध्ये २ जनाको स्थानिय मेडिकलमा उपचार भई रहेको र १ जनालाई पुरानो मेडिकल कलेज भरतपुर तर्फ पठाईएको प्रहरीले जनाएको छ । घाईतेहरूमा बसमा सवार ईच्छाकामना गा.पा.६ कुयलघारी बस्ने बर्ष ६९ का जित बहादुर बि.क., भरतपुर २९ बस्ने बर्ष ४५ की लालमाया गुरु र गोरखा न.पा.८ बस्ने बर्ष ५२ की चमेली उपरकोटी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुबै सवारी साधनमा क्षेती भएको भएपनि बाटो भने अबरोध नभएको र दुबै सवारी साधन र चालक ई. प्र का. मुग्लिनको नियन्त्रणमा रहेका छन् ।

तपाईको प्रतिक्रिया