चितवन । रत्ननगर वडा नं .९ कृष्ण मन्दिर नजिकै ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आज (शनिवार) बिहान ०४ः५५ बजेको समयमा रत्ननगर वडा नं. ९ कृष्ण मन्दिर नजिकै टाडी बाट भरतपुर तर्फ जादै गरेको ना ४ ख २७४८ नं. को ट्रकले साइकल यात्री रत्ननगर वडा नं. १० बस्ने बर्ष ३७ को उमेश दराईलाई ठक्कर दिँदा उनि गम्भिर घाइते भएका थिए ।

गम्भिर घाइते दराईलाई उपचारको लागि भरतपुर अस्पताल पठाईएकोमा उनको बिहान ०५ः४० वजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दराईको मृत्यु पछि बिहान ०७ः३० बजेको समयमा सोही दुर्घटनाको बिषयलाई लिएर स्थानिय मानिसहरूले बाटो अबरोध गरेकोमा बिहान ०९ः०५ बजे बाटोको अवरोध हटाई दुई तर्फी बाटो सुचारु गरिएको छ ।

दराईलाई ठक्कर दिएर भागेको ट्रकलाई प्रहरीले केही समयमानै पहिचान गरि ट्रक र ट्रक चालक मकवानपुर हेटौडा उप महानगर पालिका वडा नं. १४ बस्ने बर्ष ४५ वर्षको धावा थोकरलाई नियन्त्रणमा लिई हाल जिल्ला प्रहरी कार्यालय, चितवनमा राखिएको प्रहरीको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया