चितवन । भरतपुरमा चालकको लापरबाहीले सह–चालकको ज्यान गएको छ । प्रहरीका अनुसार आइतबार बिहान ०८ः१० बजेको समयमा भरतपुर म.न.पा.२५ शुक्रनगरमा ना५ख ९६७ नम्बरको बस बिग्री सो बसका चालक र सह–चालकले बस मर्मत गरि रहको अबस्थामा बस चालकले बस स्टार्ट गरि बस अगाडी बढाउने क्रममा बसको मुनि रहेका सोही बसका सह–चालकको मृत्यु भएको हो ।
सह–चालक भरतपुर–२४ बस्ने बर्ष २१ का सुरज नेपालीलाई अचानक बसले किचेपछि उनि गम्भिर घाईते भएकोमा नयां मेडिकल कलेज भरतपुरमा उपचारको लागि ल्याईएकोमा उनको उपचारको क्रममा बिहान ०८ः५० बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ । हाल बस र बस चालक भरतपुर म.न.पा.२७ बस्ने बर्ष ४२ का राज कुमार गुरुङ जिप्रकाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।














