
नेपालीको आवाज संबादाता
२ श्रावण, चितवन
श्री गाउ सुधार समिति देबघाट २ देबपुरले बराह प्राथामिक बिद्यालय देबपुर लाई आर्थिक सहयोग गरेको छ । आर्थिक अवस्था कमजोर भएको भन्दै विध्यालयको भौतिक संरचना निर्माण स्वरुप विध्यालय लाई रकम सहयोग गरिएको समितिले जनाएको छ । समितिले आईतबार बिद्यालयमा आर्थिक हस्तान्तरण कार्यक्रमको आयोजना गरी विध्यालयको हालै सम्पन भएको एउटा कोठाको लागि लागेको खर्च रु २० हजार विध्यालय लाई हस्तान्तरण गरेको हो । कार्यक्रममा रकम हस्तान्तरण गर्दै गाउ“ सुधार समितिका अध्यक्ष सुक बहादुर गुरुङले बिद्यालयको विकासको लागि समिति निरन्तर लागि पर्ने बताउनुभयो ।कार्यक्रममा बोल्दै गुरुङले विध्यालयले शैक्षिक गुणस्तर बृद्दि गर्दै उच्च स्तरयि शिक्षा दिनुपर्ने बताउनुभयो ।शैक्षिक क्षेत्रमा देखिएको बर्तमान समस्या समाधान गर्दै विध्यालय अधि बढ्नुपर्नेमा उहाको जोड थियो ।बिद्यालयको भौतिक संरचना निर्माण र शैक्षिक गुणस्तर बृद्दि गर्नको लागि सबै एक हुनुपर्ने उहाको भनाई थियो ।

समितिले विध्यालय लाई सहयोग गरेरे उल्लेखनिय कार्य गरेको भन्दै उहाले आगामि दिनमा पनि यस्ता कार्यहरु लाई निरन्तरा दिन आग्रह गर्नुभयो । यस्तै कार्यक्रममा बोल्दै गाउ कमिटिका एकिकृत सेक्युरिटि भुवान गुरुङले बिद्यालय लाई क्रमिक रुपमा अगाडि बढाउने प्रतिबद्दता ब्यक्त गर्नुभयो । समाज परिवर्तन गर्नको लागि युवाको महत्वपुर्ण भुमिका हुने भन्दै उहाले विध्यालयको विकासको लागि पनि युवाहरु जागरुप हुनुपर्ने बताउनुभयो । गाउ“ सुधार समितिले गत कार्तिक २३ गते गरेको सांस्कृतीक कार्यक्रम बाट संकलन गरेको रकम विध्यालय लाई सहयोग गरेको हो । २०६२ सालमा चौतारी बाट स्थापना भएको सो विध्यालयमा हाल ५ कक्षा सम्म पढाई संञ्चालन हुदै आएको छ । शुकु गुरुङको प्रमुख आतिथ्यतामा सम्पन भएको कार्यक्रममा राजनैतिक दलका प्रतिनिधिहरु भुवान गुरुङ , दिल बहादुर गुरुङ ,चक्रपति समुदायिक वनको अध्यक्ष टेकराज सापकोटा लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रम बिद्यालय ब्यवस्थापनका अध्यक्ष गगा घर्तिको अध्यक्षतामा सम्पन भएको हो ।












