चितवन । चितवनको प्रदर्शनीस्थलमा रहेको कोरोना विशेष अस्थायी अस्पतालको आइसोलेसनमा उपचार गराएका वीरगञ्जका ३० वर्षीय सन्तोष यादवको मृत्युको कारण ‘अटो इम्युन डिजिज’ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुले जनाएको छ । यद्यपि कोरोनाबारे रिपोर्ट आउनै बाँकी रहेकाले यादवको शव अस्पतालमै राखिएको छ ।

आज बिहानमात्रै यादवको स्वाबको नमुना संकलन गरी परीक्षणको लागि टेकु पठाइएको थियो । यादवको मृत्युको कारण ‘अटो इम्युन डिजिज’ रहेको प्रयोगशालाले जनाएको छ ।

पहिलेदेखि नै लुपुस भन्ने रोग लागेका यादवको मिर्गौलासमेत कमजोर रहेको र निमोनिया र ज्वरो आएपछि चैत ९ गते अस्पतालमा भर्ना गरिएकोमा मंगलबार बिहान ९ ः३० बजे ज्यान गएको कोरोना विशेष अस्थायी अस्पतालका डा भोजराज अधिकारीले विज्ञप्तिमार्फत जनाएका छन् ।

यादवलाई कोरोनाको आशंकामा आइसोलेसनमा राखेर उपचार गरिएको थियो । सोमबार दिउँसोदेखि श्वास–प्रश्वासमा केही समस्या बढेपछि उनलाई अस्पतालकै सघन कक्ष (आइसीयु)मा सारिएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया