चितवन । लायन्स क्लब अफ रत्ननगर शान्तिचोकको आज भएको अधिवेशनबाट शान्तिचोकको नयाँ अध्यक्षमा राजु शिवाकोटी निर्वाचित भएका छन् ।

नेपाल सरकारले जारी गरेको लकडाउनलाई मध्यनजर गर्दै अनलाइनबाट क्लबको पाँचौँ साधारण सभाबाट वर्ष २०२०-२१ का लागि शिवाकोटी अध्यक्ष निर्वाचित भएका हुन् ।

शिवाकोटी विभिन्न संघसंगठन आबद्ध छन् । उनको पहलमा धेरै सामाजिक कामहरु भएका छन् । उनले आफ्नो कार्यकालमा क्लबलाई नयाँ गति दिने प्रतिबद्धता जनाए । साधारण सभाबाट क्लबको प्रथम उपाध्यक्षमा निलकण्ठ लामिछाने, द्वितीय उपाध्यक्षमा गोकुल पराजुली, सचिवमा लियो क्लब अफ रत्ननगर शान्तिचोकका पूर्वअध्यक्ष असिम गिरी र कोषाध्यक्षमा सन्देश विष्ट निर्वाचित भएका छन् ।

विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय लायन्स क्लब अफ रत्ननगर शान्तिचोक चितवन जिल्लाकै लोकप्रिय लायन्स क्लब मानिन्छ । क्लबले सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न क्रियाकलाप गर्दै आएको छ ।

लायन्स क्लब अफ रत्ननगर शान्तिचोकको वर्ष २९-२० का अध्यक्ष राजु भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया