चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिकास्थित सिमलटाँडीमा एक श्रीमानले खुकुरी प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

बारा जिल्ला सिमरा स्थायी घर भई हाल सिमलटाँडीमा भाडामा बस्दै आएकी ३५ वर्षीया मञ्जु अधिकारीलाई ४२ वर्षीय कृष्णप्रसाद अधिकारीले खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।

इलाका प्रहरी कार्यलय खैरहनीका प्रमुख ऋषिराम घर्तीमगरका अनुसार हत्या शनिबार राति साढे ९ बजे उक्त घटना भएको हो । हत्या गरिएकी मञ्जुको विवाह दर्तासमेत नभएको र ६ महिनाको नाबालक छोरासमेत रहेको घरभेटी कुमार चिमरियाले बताए ।

उनीहरुबीच बेलाबेलामा झगडा भइरहने गरेको स्थानीयले बताएका छन् । घटनापश्चात् कृष्णप्रसादलाई खैरहनी प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक मञ्जुको शवलाई पोस्ट मार्टमको लागि भरतपुर अस्पतालको शवगृहमा पठाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया