चितवन । मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनले नयांँ वर्ष २०७७ को भित्तेपात्रो विमोचन तथा बधाई कार्यक्रम सम्पन्न गरेको छ ।
भित्तेपात्रोको विमोचन भरतपुर अस्पतालका नवनियुक्त अध्यक्ष डा भोजराज अधिकारी, युवा व्यवसायी तथा समाजसेवी सुजन ओझा तथा लक्की मिडिया हाउस चितवनका प्रबन्धक हरि कार्की ‘लक्की’ले संयुक्तरुपमा विमोचन गरेका हुन् ।
सो अवसरमा नवनियुक्त अध्यक्ष डा अधिकारीलाई लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ले बधाई तथा शुभकामना दिएका थिए ।
विमोचनपछि बोल्दै डा अधिकारीले कोरोना कहरको समयमा पनि लक्की मिडिया हाउसले भित्तेपात्रो नियमित प्रकाशन गर्न सफल भएको भन्दै प्रशंसा गरे । उनले कोरोनाले सम्झनालायक वर्ष भएको भन्दै यस्तो दुखद वर्ष कहिल्यै नआओस् भन्ने कामना गरे ।
डा अधिकारीले यो भित्तेपात्रो वर्षको दर्पणको रुपमा रहेर अब शुभारम्भको दिनको पात्रो हुने अपेक्षा गरे । कोरोनाको विषयमा बोल्दै उनले चितवन उच्चजोखिम रहे पनि हालसम्म चितवनमा कोरोनाको त्यस्तो गम्भिर अवस्था नआएको बताए ।
उनले कोरोना नियन्त्रण तथा रोकथामका लागि भरतपुर अस्पतालले निकै ठूलो भूमिका खेलेको बताए । आगामी दिनमा अस्पतालको गरिमा र उचाई कायम राख्दै अस्पतालका सेवाहरुमा थप गुणस्तरता प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सो अवसरमा बोल्दै उनले हाल भरतपुर असपताललाई मेडिकल कलेज स्थापना गर्नको लागि प्रक्रिया अगाडि बढाइएकोसमेत बताए । युवा व्यवसायी तथा समाजसेवी सुजन ओझाले लक्की मिडिया हाउसले स्थापनाकालदेखि नै चितवन खबर पत्रिका तथा भित्तेपात्रो प्रकाशन गर्दै आएको भन्दै सफलताको कामना गरे ।
कार्यक्रमका सभापति कार्कीले निकै कठिनाईंको बाबजुद आमपाठक, विज्ञापनदाता, शुभेच्छुकको चाहनाअनुसार भित्तेपात्रो प्रकाशन गरिएको बताए । कार्यक्रम जय पाठक ‘जेपी’ले सञ्चालन गरेका थिए ।












