चितवन । चितवनको भरतपुर अस्पतालमा आइसियु वार्डमा उपचाररत एक बिरामीको एक बिरामीको मंगलबार मृत्यु भएको छ ।
रौतहटको परोहा नगरपालिका ८ निवासी ६८ वर्षीय एक पुरुषको मंगलबार बिहान मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालका अनुसार उनी चार महिनादेखि टिबीको औषधि लिइरहेका थिए । उनलाई एक्कासि श्वासप्रश्वासमा समस्या भएपछि आइतबार राति भरतपुर अस्पतालमा भर्ना गरी उपचार गराइएको थियो ।
क्यान्सर भएको आशंका गरिएका उनलाई उपचारको लागि विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, यज्ञपुरी लैजान रिफर गरिएको थियो ।
उनको मृत्यु के कारणले भयो भन्ने खुलेको छैन । यद्यपि, उनलाई कोरोनाको संक्रमण भए नभएको पत्ता लगाउन स्वाब संकलन गरी कोभिड १९ परीक्षण प्रयोगशालामा परीक्षण भइरहेको छ ।












