चितवन । पूर्वी चितवनको रत्ननगर १५ स्थित माधवपुरमा मंगलबार बेलुकी श्रीमानद्वारा श्रीमतिमाथि खुकुरी प्रहार भएको छ।

दीपज्योती टोल निवासी ५४ वर्षीय श्रीमान् पूर्णप्रसाद ढकालले आफ्नो श्रीमती ४३ वर्षीया सुशीला ढकाललाई खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएकी छिन् ।
घाइतेको उपचारका लागि पुरानो मेडिकल कलेज, भरतपुर लगिएको वडाध्यक्ष हुमनाथ लामिछानेले जानकारी दिए ।

खुकुरी प्रहार गर्ने पूर्णप्रसादलाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय, टांँडीका प्रहरी नायब उपरीक्षक रविन कार्कीले जानकारी दिए । घटनाबारे गम्भीर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया