चितवन । चितवनमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । गैँडाकोट नगरपालिका ९ निवासी ६२ वर्षीया महिलाको चितवन मेडिकल कलेज (सिएमसी)मा मृत्यु भएको हो ।

भदौ १७ गते परीक्षणका क्रममा कोरोना संक्रमण देखिएकी उनको स्वासप्रश्वासमा समस्या भएपछि सिएमसीको आइसियू वार्डमा भर्ना गरिएकोमा आइतबार राति ११ः३० बजे मृत्यु भएको सिएमसीका प्रशासन प्रमुख प्रताप देवकोटाले जानकारी दिए ।

यससँगै चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ जना पुगेको छ । जसमा चितवनभित्रका १७ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया