चितवन । बिश्व पशु दिवसको अवसरमा रत्ननगरमा कृषक सम्मानित भएका छन् । अक्टोबर ४ अर्थात असाेज १८ गते परेकाे बिश्व पशु दिवसको अवसरमा प्रस्तावित निवृत्त वाैद्धिक समाज संगठनकाे आयोजनामा रत्नगरमा भएकाे कार्यक्रममा रत्ननगर १० र १३ का ८ जना पशुपालक किसानहरु सम्मानित भएका हुन । सम्मानित हुनेहरुमा कृष्णप्रसाद पाैडेल, कलाधर पाैडेल, महेन्द्र पाण्डे, मीन बहादुर खत्री, बिष्णु सुवेदी, पुरन भण्डारी, चुणक बहादुर घिमिरे र भाईकाजी घिमिरे रहेका छन् ।

सम्मानित कृषकहरुलाई कार्यक्रमका प्रमुख अतिथि साेहि स्थान निवासी पशु बिज्ञ अनिल रेग्मी तथा कार्यक्रमका सभापति हुतराज पन्तले संयुक्तरूपमा अबिर तथा खादा लगाएर सम्मान गरेका थिए ।

डा. बद्री प्रसाद ढकालले सञ्चालन गरेकाे उक्त कार्यक्रममा लावण्य राज पन्तले स्वागत मन्तब्य राखेका थिए । साे कार्यक्रममा सम्मानित कृषक मध्यबाट कलाधर पाैडेल र बिष्णु सुवेदीले आफ्ना अनुभवहरु उपस्थितत माझमा राखेका थिए ।

कार्यक्रमका सभापति तथा प्रस्तावित निवृत्त वाैद्धिक समाज संगठनका संयाेजक हुतराज पन्तले आयोजक संस्थाकाे बारेमा जानकारी दिदै पशुपालक किसानहरुले उत्पादन गर्ने दुधकाे गुणस्तरमा कहिलै कमि हुन नदिन कटिबद्ध रहन आग्रह गरेका थिए ।

तपाईको प्रतिक्रिया