अजित अधिकारी चितवन । माडी नगरपालिका ६ स्थित लक्ष्मी निवासमा रहेको पर्यटकिय आकर्षणका रूपमा परिचित पुष्पमदन बाटिकामा सहरी बिकास तथा भवन निर्माण कार्यालय प्रमुख ई. संजय पाण्डे लगाएतको टोलीले बिहीबार पुष्पमदन बाटिकाको स्थलगत अबलोकन गरेको छ ।

प्रदेश सरकारले गत बर्ष यस क्षेत्रको बिकासको लागि एक करोड बजेट बिनियोजन गरेको थियो । यसैगरी यस बर्ष प्रदेश सरकारले ४० लाख रकम बिनियोजन गरेको हुँदा सो रकम बराबरको काम तथा निर्माण के कसरी गर्ने लगाएतका योजना छनौटका विषयकमा छलफल भएको पुष्पमदन स्मृति बन बाटिका ब्यबस्थापन समितिका अध्यक्ष श्याम बिष्टले नेपाली आवाज डटकम संग जानाकारी दिए । साथै उनका अनुसार, पुष्पमदन बाटिकामा ५ तले भ्यु टावर सहितको होटल निर्माण हुने भएको छ । यसैगरी करिब २ करोडको लागतमा पुष्पमदन बाटिका भित्र निर्माण हुने पार्कको समेत डी.पी.आर. तयार भएको बिष्टले बताए । यसैगरी स्व. कम्युनिष्ट नेता पुष्पलाल र भण्डारीको शालिक समेत निर्माण गरिने भएको छ । ५ बर्ष भित्रमा होटल तथा अन्य सबै सम्रचनाहरुको निर्माण कार्य सम्पन्न हुनेछ ।











