चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले भन्सार छलिगरी ल्याएको रु ४ लाख ७५ हजार बराबरको अवैध कपडासहित ट्रक नियन्त्रणमा लिएको छ । कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार लु२ ख ३४० नम्बरको ट्रकमा भन्सार छलिगरी ल्याएको ९ सय ५० थान कुर्ता सलवार नियन्त्रणमा लिइएको हो ।
भरतपुर महानगरपालिका वडा नं ३ शहिदचोक नजिक चेकजाँचको क्रममा आइतबार सो ट्रक नियन्त्रणमा लिइएको हो । ती सामान सामान, ट्रक, ट्रक चालक नवलपरासी पश्चिम सरावल गाउँपालिका वडा नम्बर ३ का ३७ वर्षीय रामबहादुर चौधरी र ३५ वर्षीया मिना केसीलाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पठाइएको उनले जानकारी दिए । रासस












