अजित अधिकारी चितवन । अयोध्या अध्ययन, अनुसन्धान तथा ब्यबस्थापन समितिको आयोजनामा मंगलबार माडी नगरपालिका ९ स्थित गणेशकुन्जामा रहेको राम मन्दिर प्राङ्गण परिसरमा एक दिने रामचरित मानसको नेपाली शुन्दर काण्ड संगीतमय पाठ पारायण सम्पन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामचन्द्रको जन्म चितवन माडीको अयोध्यापुरीमा भएको अभिव्यक्ति दिएपछि । माडी यतिबेला चर्चाको शिखरमा रहेको छ ।

यस बिषयकले केन्द्रस्तरबाट नै प्राथमिकता पाएपछि माडी नगरपालिकाले समेत यस विषयमा हार्दिकता पूर्वक स्वागत गर्दै, यो समयमा नगरपालिकाले धार्मिक आधार एबम प्रमाणहरुको खोजीनीति एबम खोजमुलक गतिविधि र बहस एबम छलफल गर्दै आइरहेको छ ।

यसैगरी रामायणमा उल्लेख भए अनुसार भुगोल, नाम र यहाँका तिर्थस्थलको अबस्था अध्ययन गरि आबश्यक छलफल प्रक्रियामा नगर कार्यपालिका समिती सहित अगाडि बढिरहेको छ । जस अनुरुप पुरातात्त्विक महत्त्वको खोजी कार्यलाई समेत तिब्रता दिइएको छ । यसैलाई मध्यनजर गर्दै अयोध्या अध्ययन, अनुसन्धान तथा ब्यबस्थापन समिती माडी र श्री रामजानकी अनुसन्धान एबम अध्ययन मण्डल अमेरिकाको संयुक्त आयोजनामा माडी नगरपालिका ९ स्थित गणेशकुन्जामा रहेको राम मन्दिरको प्राङ्गण परिसरमा राम चरित मानसको नेपाली शुन्दर काण्ड संगीतमय पाठ पारायण गरिएको हो ।

उक्त राम चरित मानसको नेपाली शुन्दर काण्ड संगीतमय पाठ पारायण कार्यक्रममा माडी नगर प्रमुख ठाकुर प्रसाद ढकाल प्रमुख अतिथि रहेका थिए । यसैगरी बिशिष्ट अतिथिमा माडी नगर उप प्रमुख ताराकुमारी काजी महतो, माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकाल, श्रीराम संस्था अमेरिकाका प्रतिनिधि तुल्सीराम कँडेल रहेका थिए । यसैगरी अतिथिहरुमा नेकपाका जिल्ला कमिटी सदस्य जित बहादुर शाही, नेपाली काँग्रेसका शोभाखर चाँपागाई, नेकपाका प्रभु महतो, नारायण पौडेल लगाएतकाको सहभागीता रहेको थियो ।

उक्त राम चरित मानसको सामुहिक पाठ पारायण कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेका नगर प्रमुख ढकालले नेपाल धर्म निरपेक्ष राष्ट्र भएकाले मन्दिर बन्नुमा राम्रो रहेको तर्क गरे । यो संगै उनले सुकुम्बासी समस्याको विषयकमा समेत आँफुले निरन्तर आवाज उठाएको र चेपाङ्गहरुको बस्ती निर्माण गर्ने विषयकमा सकारात्मक रहेको प्रतिक्रिया जनाउदै उनले छिटै घर निर्माण गर्ने बताए । साथै उनले सुकुम्बासी जनताहरुको विषयमा सुकुम्बासी समस्या समाधान आयोगका अध्यक्ष देबी ज्ञवालीसंग बहस एबम छलफल भएको बताए । यसैगरी यसै क्षेत्रका सांसद एबम नेकपाका अध्यक्ष समेत रहेका पुर्बप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग पनि छलफल भएको र उनी यस विषयमा सकारात्मक रहेको बताए । यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलिले पठाएको शुभकामना संदेश अयोध्या अध्ययन, ब्यबस्थापन समितिका सम्योजक नारदमणि पौडेलले पढेर बाचन गरेको कार्यक्रममा नगर कार्यपालिकाका प्रबक्ता एबम यसै संस्थाका सदस्य शिबहरी सुबेदीले स्वागत मन्तव्य राखेका थिए । यसैगरी नेपाली काँग्रेसका तर्फबाट शोभाखर चाँपागाई र सामाजिक अभियन्ता श्री प्रसाद दवाडी अमेरिकामा रहेका श्रीराम संस्थाका प्रतिनिधि थलराज पन्तले टेलिफोन मार्फत मन्तव्य राखेका थिए । कार्यक्रममा विभिन्न वडाका वडा प्रतिनिधि एबम शिक्षक समाजसेबी, पत्रकार लगाएतको सहभागीता रहेको थियो । जनजीवन माध्यमिक विद्यालयका शिक्षक रामप्रसाद भण्डारीले सहजीकरण गरेको कार्यक्रम अयोध्या अध्ययन, अनुसन्धान तथा ब्यबस्थापन समिती माडीका सम्योजक नारदमणि पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया