काठमाडौँ । नेपालमा आज बुधबार ३३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या एक लाख ८२ हजार ९२३ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ३८४४ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या एक लाख ४४ हजार ९७८ पुगेको छ ।
हाल क्वारेन्टाइनमा १ हजार ३०५ र आइसोलेसनमा ३६ हजार ९११ जना रहेका छन् । पछिल्लो २४ घन्टामा थप ३० जनासहित कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या एक हजार ३४ पुगेको मन्त्रालयले जनाएको छ ।












