काठमाडौँ । नेपालमा बिहीबार ३०५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या एक लाख ८५ हजार ९७४ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ३४३० जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या एक लाख ४८ हजार ४०८ पुगेको छ ।

हाल क्वारेन्टाइनमा १ हजार २३२ र आइसोलेसनमा ३६ हजार ५३४ जना रहेका छन् । पछिल्लो २४ घन्टामा थप १८ जनासहित कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या एक हजार ५२ पुगेको मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया