चितवन । चितवनमा मंगलबार १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार चितवनमा परीक्षण गरिएकामध्ये कुल ६ हजार ७३ जनामा संक्रमण पुष्टि भएको हो । जससध्ये ५०८५ जना चितवनका हुन् भने ९८८ जना चितवन बाहिरका रहेका छन् ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लाभर कोरोना सङ्क्रमितको सङ्ख्या ५ हजार ८५ पुगेको छ । सङक्रमितमध्ये ३५१९ भरतपुर महानगरपालिकाका रहेका छन् ।
यस्तै, रत्ननगर नगरपालिकाका ६३४, खैरहनी नगरपालिकाका ३९४, राप्ती नगरपालिकाका २८७, कालिका नगरपालिकाका १५१, माडी नगरपालिकाका १०३ र इच्छाकामना गाउँपालिकाका ३१ जनामा कोरोना पुष्टि भएको कार्यालयले जनाएको छ ।

जिल्लाका सङक्रमितमध्ये ३ हजार ४८६ जना डिस्चार्ज भएका छन् । त्यस्तै १ हजार ५२२ सक्रिय सङ्क्रमित रहेकामा १ हजार ३१५ होम आइसोलेसनमा छन् । सङ्क्रमितमध्ये २०४८ महिला र ३०३७ पुरुष रहेका कार्यालयका प्रमुख दिपक तिवारीले जानकारी दिए । कोरोना सङ्क्रमणबाट चितवनका ७७ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया