अजित अधिकारी
चितवन । माडी नगरपालिका ७ स्थित जगन्नाथपुरीमा रहेको श्री जगन्नाथ नि.मा.बि. को प्राङ्गणमा आज एक दिने निशुल्क स्वास्थ शिबिर सम्पन्न भएको छ । देबेन्द्रपुर बजार ब्यबस्थापन समितिको आयोजना तथा औषधी ब्यबसायी संग माडी र सफल फार्मेसीको समन्वयमा कार्यक्रम आयोजना गरिएको बघौडा अस्पतालका स्वास्थ्यकर्मी सफल गौतमले बताए ।

उनका अनुसार,शिबिरमा नाक, कान, घाँटी, स्त्री तथा प्रजनन रोग, सुगर प्रेसर थाइराइड, जस्ता रोगहरुको निशुल्क उपचार गरिएको हो । बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म गरिएको निशुल्क स्वास्थ्य शिबिरमा २५० जना बिरामीहरुले परिक्षण गराएको स्वास्थ्यकर्मी गौतमको भनाइ छ । शिबिरमा भरतपुर अस्पतालका नाक, कान, तथा घाँटी रोगका विशेषज्ञ डा. अपार पोख्रेल, स्त्री तथा प्रजनन रोगका विशेषज्ञ डा. पुष्प चौधरी, फिजिसियन डा. नबराज लामिछाने, डा. निकेश कुमार गिरी, डा. सुरज ढकाल लगाएतका विशेषज्ञहरुको सहभागीता रहेको थियो ।











