चितवन । रत्ननगर उद्योग बाणिज्य संघको २१ औं साधरण सभा तथा अधिवेशनमा वाणिज्य तर्फको उपाध्यक्ष पदका उम्मेद्धार देवी प्रसाद डल्लाकोटीले आँफु पार्टीको नभई ब्यबसायीको उम्मेद्धार भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीले डल्लाकोटी आधिकारीक उम्मेद्धार नभएको मिडिया बाजीगरेसँगै डल्लाकोटिले आँफु ब्यबसायीहरुको उम्मेद्धार भएको बताएका हुन् ।
मंसिर २८ र २९ गते हुने अधिवेशनमा नेकपा प्यानलबाट वाणिज्य तर्फको उपाध्यक्ष पदमा उठाउने सहमति भएता पनि अन्तिम समयमा आएर मनोनयन दर्ताको दिनमा आफुलाई धोका भएको डल्लाकोटिको भनाई छ । डल्लाकोटीलाई जानकारीनै नदिई डल्लाकोटिको स्थानमा नेकपाले अर्का उम्मेद्धार भिम नारायण श्रेष्ठलाई छनोट गरेको थियो ।
नेकपा भित्र बलियो मानिएका डल्लाकोटिलाई वाणिज्य उपाध्यक्षबाट हटाई नेकपा निकट संघकै पधादिकारीले अन्तिम समयमा आएर श्रेष्ठलाई अगाडी सारेको थियो । यसमा डल्लाकोटीले आपत्ती जनाउदै वाणिज्य तर्फको उपाध्यक्षमानै मनोनयन दर्ता गरेका थिए ।
ब्यबसायीहरुको निकट मानिने डल्लाकोटिको हस्ताक्षर किर्ते गरि बाणिज्य तर्फको उपाध्यक्ष उम्मेद्धारबाट पछाडि हटाएपछि नेकपा प्यानललाईनै गाह्रो पर्ने देखिएको छ । डल्लाकोटि पूर्व माओबादी निकट हुन भने श्रेष्ठ एमाले निकट मानिन्छन् ।












