अजित अधिकारी, चितवन । माडी नगरपालिकाको सभाहलमा मंगलबार पत्रकार सम्मेलनद्वारा ५१ औं कार्यपालिका बैठक सम्पन्न भएको छ । सो बैठकमा कुनैपनि गोष्ठी वा कार्यक्रम निर्धारित समयमा नै सुरु हुनुपर्ने वा हुन नसके १० मिनेटसम्म पर्खिने र १० मिनेटभित्र पनि सुरु नभए स्थगन वा रद्ध गर्न सकिने प्राबधान राखिएको बताइएको छ । यसैगरी पत्रकार सम्मेलनमा २०७६/७७ को बजेट प्राथमिकता लगाएतका विषयकमा प्रकाश पारिएको थियो । जसअनुरुप आर्थिक बिकास, सामाजिक बिकास, पुर्बाधार बिकास, सस्थागत बिकास तथा सुशासन र बिपद ब्यबस्थापन लगाएतका शिर्षकहरु राखिएका छन । यिनै शिर्षकका आधारमा कामहरुको वर्गीकरण गर्दै, माडीका धार्मिक ऐतिहासिक स्थल एबम सम्पदाहरुको संरक्षण र सम्बर्द्धनमा टेवा पुग्ने उदेश्यका साथ आर्थिक बर्ष २०७६/७७ को बार्षिक प्रगति प्रतिबेदन एबम चालु आर्थिक बर्ष २०७७/७८ को प्रथम चौमासिक अवधीको प्रगति प्रतिवेदन नगर कार्य पालिकाका प्रवक्ता शिबहरी सुवेदीले पढेर सुनाएका थिए । उक्त पत्रकार सम्मेलनमा खासगरी नगरपालिकाले गरेका काम र नयाँ योजना र कार्यबिधिका विषयकमा समिक्षा गरिएको थियो । यसैगरी माडी ४ का उपचाररत वडा अध्यक्ष चन्द्रदिप महतो मिर्गौला रोगका कारण पीडित रहेको हुँदा, उनको सु स्वास्थ्य, एबम दिर्घायुको समेत कामना गरिएको छ ।

तपाईको प्रतिक्रिया