चितवन । रत्ननगर उवासंघमा नया कार्य समितिलाई पद हस्तान्तरण तथा प्रमाणपत्र वितरण गरिएको छ । रत्ननगर उद्योग बाणिज्य संघको २१ औं साधारण सभा तथा नवौं अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई बुधबार निर्वाचन समितिले कार्यक्रमको आयोजना गरी अध्यक्ष अनिलकृष्ण श्रेष्ठ सहित निर्वाचनबाट विजयी भएका पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र वितरण, सपथग्रहण तथा पद हस्तान्तरण कार्यक्रम गरिएको हो ।

संघकाे विधानत अध्यक्ष बनेका श्रेष्ठ र निर्वाचनबाट विजयी भनेका वरिष्ठ उपाध्यक्ष शंकर गिरी लगायत पदाधिकारी तथा सदस्यहरुलाई प्रमुख निर्वाचन अधिकृत चितवन बारका अध्यक्ष अधिकक्ता रामकृष्ण अधिकारीले सपथग्रहण गराएका थिए । निर्वाचन समितिबाट औपचारिकता पाएसंगै निर्वतमान अध्यक्ष राजाराम रेग्मीले नयाँ अध्यक्ष श्रेष्ठलाई पदहस्तान्तरण गरेका थिए ।

कार्यक्रममा पूर्व अध्यक्षहरु गोपाल कर्माचार्य,केशब नारायण श्रेष्ठ,राजेन्द्र कुमार श्रेष्ठ,दीपक कुमार कर्माचार्य,ज्ञानबहादुर विसुराल,निर्वतमान अध्यक्ष राजाराम रेग्मी लगायतकाे उपस्थित रहेकाे थियाे ।
संघकाे मंगलवार राती सम्पन्न मतगणना अनुसार नेकपा निकटका व्यवसायी गिरीले नेपाली काँग्रेस निकटका व्यवसायी देवेन्द्रकुमार श्रेष्ठलाई पराजित गरी वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन । गिरीकाे प्यानलनै साे निर्वाचनबाट निर्वाचित भएकाे थियाे ।
बाणिज्य तर्फको उपाध्यक्षमा भीमनारायण श्रेष्ठ,उद्योग तर्फको उपाध्यक्षमा पुरु खनाल,एसोसिएट उपाध्यक्षमा राममणि थपलिया विजयी भएका छन । संघको बस्तुगत उपाध्यक्षमा रघुनाथ भट्ट निर्विरोध निर्वाचित भएका थिए । महासचिवमा निराजन खनाल, कोषाध्यक्षमा उपेन्द्र शर्मा आचार्य विजयी भएका छन । उद्योग तर्फ सदस्यहरुमा अनुप विसुराल, सुवास मिश्र,उद्धबकुमार कोइराला, रामप्रसाद पाण्डे, महेन्द्र घिमिरे,विरञ्जना सापकोटा विजयी भएका छन ।
वाणिज्य तर्फकाे सदस्यमा अर्जुन बस्ताकोटी, इश्वरी प्रसाद अर्यालले,रामशरण नेपाल, सुन्दरमणि सुवेदी, सुरेन्द्र दुवाडी, सुर्य प्रकास रेग्मी, प्रकासमणि सापकोटा र उत्तम घिमिरे विजयी भएका छन । महिला सदस्यमा निर्मला सुवेदी विजयी भईन । बस्तुगत तर्फकाे सदस्यमा शिबराज मैनाली र एसोसियट सदस्यमा जोगेन्द्र महतो र लोजिककृष्ण सागर निर्विरोध निर्वाचित भएका थिए ।
सोमबार रत्ननगरमा सम्पन्न भएको मतदानमा संघका १३ सय २५ मतदाता मध्ये ११ सय ९१ अर्थात करिब ९० प्रतिशत मत खसेको थियो । अधिवेशनले वरिष्ठ उपाध्यक्ष सहित पदाधिकारी तथा सदस्य गरी २५ सदस्यीय कार्यसमिति चयन गर्ने छ भने ४ सदस्य भने कार्य समितिले मनोनित गर्ने संघको विधानको व्यवस्था रहेको छ ।












