चितवन । अर्पण बचत तथा ॠण सहकारी संस्था लिमिटेडको ११ औं बार्षिक साधारण सभा तथा पाँचौ अधिवेशन सुरु भएकाे छ । पाैष २ गते बिहीवार सुरु भएकाे अर्पण साकाेसकाे साधरण सभा तथा अधिवेशन पाैष ४ गते शनिबार सम्म चल्नेछ ।

संस्थाले पहिलाे सत्र अर्थात खुल्ला सत्र प्रविधीको प्रयोग गरि बिहिवार जुम एप तथा फेसबुक पेज लाईभ मार्फत गरेकाे हाे । साे कार्यक्रमकाे उद्घाटन कार्यक्रमकी प्रमुख अतिथि बागमति प्रदेश सांसद कंचन खनालले गरेकी थिइन् ।

खनालले संस्थालाई वार्षिक साधरण सभाकाे सुभकामना दिदै अब सहकारी उत्पादनमूलक कार्यमा लाग्नु पर्ने बताइन । उनले उत्पादनमूलक सहकारीलाई सरकारले लगानी गर्ने पनि बताइन् ।

कार्यक्रममा विशिष्ट अतिथि रत्ननगर नगरपालिकाकि नगर उप-प्रमुख बिमलादेवी दुवाडीले संस्थामा अब बन्ने नया समितिले संस्थालाई थप उचाइमा पुर्‍याउने बिस्वास लिएकाे बताइन् । उनले संस्थाकाे अधिबेशन पनि भएकाले नराम्रा कुरा भए काेठाभित्र टुङ्गाएर राम्रा कुरा मात्र बाहिर लानुपर्ने बताइन् ।

साे कार्यक्रममा संस्थाका अध्यक्ष यमन भुषालले वार्षिक प्रतिवेदन, सचिव शुरज पाैडेलले सचिवकाे प्रतिवेदन, काेषाध्यक्ष किशाेर चालिसेले आर्थिक प्रतिवेदन, लेखा समिति संयाेजक रामचन्द्र देवकोटाले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए भने उपस्थित सबैलाई संस्थाका उपाध्यक्ष मेघनाथ पाैडेलले स्वागत मन्तव्य राखेका थिए ।

साे संस्थाले ०७६/०७७ काे असार मसान्तसम्म ९ कराेड ९३ लाख २७ हजार १५८ निक्षेप संकलन गरेकाे छ भने ९ कराेड ६६ लाख ५६ हजार ५८० कर्जा प्रवाह गरेकाे छ । त्यस्तै गत वर्ष ४ कराेड ७५ लाख ३१ हजार ९०० रहेकाे शेयर पुंजी ०७६/०७७ काे असार मसान्तसम्म १०.६० प्रतिशत बढेर ५ कराेड २५ लाख ६८ हजार पुगेकाे संस्थाका अध्यक्ष यमन भुषालले जानकारी दिए ।

उनले हालका दिनमा संस्थालाई प्रविधि मैत्री बनाउन अर्पण साकाेस नामक एपबाट सबै काराेबार गर्न मिल्ने बनाइएकाे बताए । भुषालले हालका दिनमा सबै शेयर सदस्यलाई रू ५ लाखकाे दुर्घटना बिमा गरिएको बताउदै शेयर सदस्य हरुलाई पशुपालन, माछापालन, व्यवसायिक तरकारी खेती लगाएतका कृषि क्षेत्र र सदस्यलाई आवश्यक पर्ने घरायसी इलेक्ट्रोनिक्स सामानमा कम्पनिकै मुल्यमा किस्ताबन्दी रकम लिने गरि लगानी गर्न लागेकाे बताए ।

बिहिवारबाट सुरु भएकाे कार्यक्रमकाे दाेश्राे दिन आज बन्द सत्रकाे सुरुवात हुनेछ भने भाेली शनिवार हुने अधिवेशनले ११ जनाकाे नया कार्यसमिति र ३ जनाकाे लेखासमिति चयन गर्नेछ ।

.

तपाईको प्रतिक्रिया