काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुर्नबहाली गर्न नसक्ने दाबी गरेका छन् । संसद बिघटन गरिएको बारे जानकारी दिन आफूनिकटका नेतालाई बालुवाटार बोलाएर उनले प्रतिनिधिसभा पुनर्बहाली हुन नसक्ने जानकारी दिएका हुन् ।

वोलीले ६४ प्रतिशत जनमत लिएर बनेको प्रधानमन्त्रीले गरेको प्रतिनिधि सभा विघटनको निर्णय अदालतले कुनैपनि हालतमा उल्ट्याउन नसक्ने दाबी गरेका हुन् । उनले नेकपामा आफूले हस्ताक्षर नगरेको कुनै पनि निर्णयले वैधानिकता नपाउने पनि बताएका छन् ।

बजारमा आफूलाई अनुशासनको कारवाही गर्ने भन्ने हल्ला सुनेको भन्दै वलिले त्यस्ता निर्णय मनको बहलाउने मात्र काम भएको आफु निकटका नेतालाई बताए । उनले सरकारलाई पार्टीभित्रबााटनै असहयोग भएकाले अहिलेको अवस्था सृजना भएको बताए ।

प्रधानमन्त्री ओलीले विभिन्न बहानामा सरकारलाई काम गर्न नदिने र झुलाउने काम मात्र भएकाले ताजा जनादेश प्राप्त गर्न नयाँ निर्वाचनमा जानुको बिकल्प नरहेको प्रष्टिकरण पनि दिएका छन् । उनले आफ्नै पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपालले सरकारलाई सधै असहयोग गरेको, सबै नियुक्तिमा भागवण्डा खोजेको र पार्टीभित्रै प्रतिपक्षको भूमिका खेलेको आरोप पनि लगाए । उनले यो स्थिती आउनुमा प्रचण्डले पार्टी एकतामा ध्यान नदिनु पनि रहेको बताएका छन् ।
ओलीले पार्टीभित्रैबाट भएको असहयोग र सरकारले गरेका राम्रा कामहरुलाई लिएर जनतामाझ जान सांसदहरुलाई निर्देशन समेत दिएका छन् । सो वोलि पक्षीय नेताहरुको ंभेलालाई महासचिव विष्णु पौडेल र पूर्व माओवादी खेमाका लेखराज भट्टले पनि सम्बोधन गरेका थिए ।

तपाईको प्रतिक्रिया