नेकपा प्रचण्ड–माधव समूहकाे बैठकबाट संसदीय दलको नेतामा प्रचण्ड चयन
महेश पाण्डे
प्रकाशित मिति: बुधबार, पौष ०८, २०७७ | १४:४२:३४
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ ।
आज (मंगलबार) बानेश्वरमा बसेकाे नेकपा प्रचण्ड–माधव समूहकाे बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको हाे ।