अजित अधिकारी
चितवन । माडी नगरपालिका – ८ स्थित शिबद्वारमा रहेको सामुदायिक होम स्टेको सभाहलमा एक कार्यक्रमका बिच मानव र बन्यजन्तु बिचको दोन्द ब्यबस्थापन र मध्यबर्तीका भाबी कार्ययोजनाका विषयकमा सामुहिक छलफल एबम अन्तरक्रिया कार्यक्रम समपन्न भएको छ । उक्त छलफल तथा अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल रहेका थिए । यसैगरी बिशिष्ट अतिथिमा NTNC संस्थामा कार्यरत डा. बाबुराम लामिछाने र अतिथिहरुमा चितवन राष्ट्रिय निकुञ्ज मध्यबर्ती माडी बगही सेक्टरका सन्तबहादुर मगर, र माडीका विभिन्न वडाहरुमा रहेका मध्यबर्ती बन उपभोक्ता समितिका अध्यक्षहरुको कार्यक्रममा सहभागीता रहेको थियो । उक्त कार्यक्रममा सल्लाहकार एबम थप सदस्य समितिहरु चयन गरिएको छ ।

उक्त कार्यक्रममा चि.रा.नि. बाट पीडित रहेका ब्यक्तित्वहरुलाई राहत एबम पीडितका छोराछोरीहरुलाई छात्रवृत्ति बितरण गरिएको थियो । सो कार्यक्रममा बोल्नुहुदै चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले माडी बासीहरुले भोग्नु परेका समस्या र मानव र बन्यजन्तु बिचको दोन्द न्यूनीकरणमा आँफु प्रयासरत रहेको बताए ।
साथै उनले, समस्याको बारेमा आँफु जानकार रहेको हुँदा यस विषयकमा निरन्तर लागिरहेको जिकिर गरे । यसैगरी NTNC संस्थामा कार्यरत डा. बाबुराम लामिछानेले मानव र बन्यजन्तु बिचको दोन्दको विषयमा बि.स २०५६ सालदेखि मध्यबर्ती घोषणा भएसंगै निरन्तर दोन्द ब्यबस्थापन र राहत तथा पीडितका लागि रोजगारी प्रत्याभूति गर्न निरन्तर लागिरहेको बताए । यसैगरी बन्यजन्तुबाट आफ्नो श्रीमान गुमाएका परिवारहरुको लागि हातमुख जोड्न गाह्रो भएको हुँदा उनीहरुका लागि सस्तो ब्याजमा आय आर्जनको लागि अबधारणा ल्याउन लागिएको बताए ।
यसैगरी नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) का माडी नगर कमिटी सचिब नारदमणि पौडेलले निकुञ्जका कारण दिनप्रतिदिन माडी बासीहरुले भोग्नुपरेका समस्या एबम अनाहकमा ज्यान गुमाएका परिवारहरुको स्मरण गर्दै, तत्काल यस विषयकमा राज्यले निकासको बाताबरण सिर्जना गर्नुपर्ने तर्क गरे । जंगली जनावरले किसानहरुले लगाएको बालीहरुमा पारेको असरहरुको अनुगमन गर्नुपर्ने र राहत दिनुपर्ने बताए । निकुञ्जका कारण पिल्सिएर बाँच्नुपर्ने बाध्यात्मक अबस्थाको चित्रण गर्दै, नितिगत लडाईबाट लड्नु नै आजको अपरिहार्य आबश्यकता रहेको र आँफुहरुको लडाई जबसम्म निकुञ्ज ऐन संसोधन हुदैन तबसम्म रहिरहने उनको भनाई छ ।
मानव र बन्यजन्तु बिचको दोन्द न्यूनीकरण गरि एक आपसमा सुमधुर सम्बन्ध स्थापना गर्न र पीडितका परिवारलाई राहत एबम रोजगारीको ब्यवस्था गर्नुपर्ने उनको भनाइ छ । शिबजी गायकले सहजीकरण गरेको कार्यक्रम सेक्टर प्रमुख नारायण दत्त सापकोटाको अध्यक्षतामा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया