चितवन । भरतपुर बाइपास सडक विस्तारमा ढिलाइ भएको भन्दै स्थानीयद्वारा चक्काजाम गरिएको छ ।
भरतपुर बाइपास रोडको चार किलोमिटर सडक विस्तारको काम चार वर्षसम्म पनि नसकेपछि भरतपुर महानगरपालिका–१२ का स्थानीयबासिन्दा आइतबार बिहान एक घण्टा बाइपास सडकखण्ड बन्द गराएका हुन् । जिल्ला प्रशासन कार्यालय चितवन अगाडि भेला भएका स्थानियले ‘हामी धुलोमा छौं’ भन्ने प्लेकार्ड बोकेर विरोधस्वरुप १ घण्टा सडक बन्द गरेका थिए ।

सडक विस्तारको काम थालेको चार वर्ष हुँदा अझै आधा काम पनि नसकिएको र जनताले धुलो खान थालेको वर्षौं बितेको बतनउदै स्थानीय रवीन खतिवडाले सडक डिभिजन कार्यालय र ठेकदारले अत्याचार गरेकोले बाध्य भएर सडकमा उत्रिनु परेको बताए । उनले सडक विस्तारको काम छिटो नसके, आन्दोलनलाई थप अगाडि बढाउँदै लैजाने चेतावनी पनि दिए ।

चितवनको जिल्ला प्रशासन कार्यालय र सडक डिभिजन कार्यालय अगाडि रहेको आँपटारीदेखी केन्द्रीय बसपार्क जोड्ने बाइपास सडक विस्तारमा ठेकदारले चरम लापरबाही गर्दै आएको उनीहरुको आरोप छ । ठेकदारले मनपरी गर्दा सम्बन्धित निकाय मुकदर्शक बन्दै आएको उनीहरुको भनाइ छ ।

तपाईको प्रतिक्रिया