चितवन । सोमबार अनिवार्य पसल वन्द गर्ने निर्णय बमोजिम रत्ननगर उवासंघले बजार अनुगमन गरेकाे छ । सोमवार पसल बन्द गर्ने नियमको पालन गराउन रत्ननगर उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शंकर गिरीको नेतृत्वमा टाँडी बजार अनुगमन गरिएकाे हो । संघले सोमवार बजारका पसलहरु अनिवार्य बन्द गर्ने नियम बनाएको थियो ।

उता केहि व्यवसायीहरुले संघको निर्देशन पालना नगरी पसल खाेल्न थालेपछि अनुगमन गरिएको वरिष्ठ उपाध्यक्ष गिरीले बताए । वरिष्ठ उपाध्यक्ष गिरीले एक दिन पसल बन्द गर्दैमा व्यापार घाटा नहुने र बजारलाई व्यवस्थित गर्ने उद्देश्यले एउटा थिती बसाल्न साेमबार अनुगमन गरिएको र यसलाई निरन्तरता दिने बताए ।

साे बजार अनुगमनमा उपाध्यक्ष पुरु खनाल, निवर्तमान कार्यसमिति सदस्यहरु बुद्धराम जोशी, निरञ्जन श्रेष्ठ लगायतका व्यवसायीहरु सहभागी भएका थिए । टोलीले सोमवार एक दिन प्रतिबद्ध भएर पसल बन्द गर्न आग्रह गरिएको उपाध्यक्ष खनालले बताए । साे अनुगमन टोलीले सडक मिचेर निर्माण सामाग्री नराख्न र पसल वरपर सरसफाई गर्न समेत आग्रह समेत गरेको छ ।

तपाईको प्रतिक्रिया