चितवन । भूमि समस्या समाधान आयोग चितवनको अध्यक्षमा यादव पाठक नियुक्त भएका छन । सरकारले सोमबार ७७ वटै जिल्लामा भूमि सम्बन्धी समस्या समाधान गरि भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन जिल्ला समिति गठन गरेको छ । जस अनुसार चितवनको अध्यक्षमा यादव पाठक नियुक्त भएका हुन् ।

आयोगको जिल्ला सदस्यहरुमा महादेवी खतिवडा र शान्तराज आचार्य नियुक्त छन् । पाठक तत्कालिन नेकपा एमालेको जिल्ला संगठन विभाग प्रमुख थिए । उनि तत्कालिन जुटपानी गाविसको दुई पटक अध्यक्ष समेत बनेका थिए । रत्ननगर नगरपालिका १० निवासी यादव दर्जनौ संघसंस्थामा आबद्ध छन ।

तपाईको प्रतिक्रिया