अजित अधिकारी
चितवन । नेपाल कृषि अनुसन्धान परिषद अन्तरगत राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुर चितवनको आयोजनामा हाईब्रिड मकैको बीउ उत्पादन तथा खेती प्रबिधि सम्बन्धि तालिम साेमबार सम्पन्न भएको छ । उक्त तालिम माडी – १ स्थित बरुवा बजारमा रहेको माडी कटेजको सभाहलमा सम्पन्न भएको हो ।
सो तालिममा माडीका झन्डै ३० जना किसानहरुको सहभागीता रहेको थियो । उक्त कार्यक्रममा कृषि बैज्ञानिक तथा किट बिज्ञ डा. घनश्याम भण्डारी माटो बिज्ञ तथा प्राबिधिक अधिकृत पार्बती अधिकारी वरिष्ठ बैज्ञानिक तथा बाली प्रजननका भिमनाथ अधिकारी र बलराम भण्डारी प्राबिधिक सहायक तथा बाली बिकासका ध्रुब रेग्मी र प्राबिधिक अधिकृत गोबिन्द हमाल लगाएतका कृषि विशेषज्ञहरुले कार्यक्रममा सहभागी किसानहरुलाई प्रशिक्षण दिएका थिए ।

प्रशिक्षकहरुले क्रमशः कृषि क्षेत्रको बिकास, समस्या चुनौती र समाधान संगसंगै अन्न बालीहरुमा लाग्ने रोग र निदानका उपायहरुका बारेमा किसानहरुलाई जानकारी गराएका थिए । के कसरी खेती गर्दा उपयुक्त हुन्छ । किटनाशक औषधी के कसरी प्रयोग गर्ने । उब्जनी कसरी बढाउन सकिएला लगाएतका विषयकमा कृषि विशेषज्ञहरुको टोलीले किसानहरुलाई परामर्श दिएको थियो ।












