अजित अधिकारी
चितवन । माडी धार्मिक ऐतिहासिक स्थलका रुपमा बिश्व बिख्यात छ । प्राचीनकालदेखि विभिन्न किसिमका भु बनोटमा निर्मित प्राचीन र प्राकृतिक संरचनाहरु यस क्षेत्रमा देख्न पाइन्छ । विशेषगरी यहाँ विभिन्न समयमा बसोबास गर्दै आएका भगवानहरुको बसोबासको रुपमा रहेको देब भुमिको रुपमा माडीलाई लिइन्छ । चारैतिर निकुञ्जले घेरिएको बिचमा समथर भुभागका रुपमा रहेको उपत्यकालाई नै माडी भनिन्छ । प्राकृतिक शौन्दर्यताले भरिपूर्ण क्षेत्र माडीमा केहि महिना अगाडि अचम्मको प्राकृतिक घटना भयो । जुन घटना प्राकृतिक रुपमा नै अकल्पनीय थियो । झन्डै ५०० मिटर क्षेत्रफल र १० मिटर हाइटमा भिषण सुख्खा पहिरो गएको र नजिकै खोला थुनिएर ताल बनेको कुरा त तपाईं हामी सबैलाई थाहा नै छ । जुन खोला थुनिएर बनेको ताल अझै पनि यथाबत नै छ । तपाईंहरुलाई पत्यार लाग्छ या लाग्दैन । यदि पत्यार लाग्दैन भने तपाईं यो तस्वीर हेरेपछि छर्लङ्ग हुनुहुन्छ । माडी ७ स्थित देबेन्द्रपुर हुलाकी मार्गबाट करीब ३ कि.मि. माथी दक्षिण दिशातिर हालै पहिरो गएको स्थान नजिकै पश्चिम उत्तर दिशातिर रहेको सानो खोल्सामा बिशाल पत्थरमा राम र सीताको आकृती तथा साथमा हनुमानको समेत तस्वीर देख्न सकिन्छ । यसैगरी बिशाल शिलाको माथिल्लो किनारतिर बाँदर सेनाको फौजी र २ वटा झरना जस्तो आकृती सो पत्थरमा पाउन सकिन्छ । उक्त दृश्य केहि महिना अगाडि परुई खोला सिरानमा गएको भिषण सुख्खा पहिरो हेर्न जाने क्रममा नजिकै त्यस्तो खालको आकृती देखिएको धार्मिक अभियान्ता कृष्णा नन्द बत्सले नेपाली आवाज डटकमसंग बताए । बत्सका अनुसार, त्यस क्षेत्र नजिकै अर्को बिशाल शिलामा हात्तीको जस्तो आकार एबम सुँढ जहाँवाट पानीको छ्हारा खसेको प्रष्ट देख्न सकिने उनको भनाइ छ । उनी भन्छन, त्यहाँ भेटिएका शिला र पत्थरहरु बाल्मिकि रामायणसंग सहजै मेल खान्छन् ।

तपाईको प्रतिक्रिया