चितवन । माडीमा आजदेखि दुई दिने घुम्ती तालिम सुचारु भएको छ । मौरीपालन बिकास कार्यक्रम भण्डारा, चितवनको आयोजना र सोमेश्वर मौरी पालन कृषि समुहको ब्यबस्थापनमा माडी ५ स्थित बसन्तपुरमा रहेको होटल प्याराडाइजमा २ दिनका लागि सो तालिम सुचारु गरिएको हो । विशेषगरी माडी क्षेत्रमा रहेका मौरीपालन ब्यबसायमा आबद्ध किसानहरुलाई जिबिको पार्जन संगसंगै यस ब्यबसायको वृद्धि बिकासको लागि लक्षित गरी सो कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । उक्त तालिममा झन्डै १२ जना किसानहरूले सहभागीता जनाएका छन । खासगरी तालिममा मौरी पालन केहो ? र यसबाट कसरी आम्दानी लिन सकिन्छ ? र यसको महत्व र आबश्यकता लगाएतका विषयकमा मौरीपालन बिकास कार्यक्रम भण्डारा, चितवनका वरिष्ठ बाली संरक्षण अधिकृत शिब प्रसाद रिजाल र कृषि अधिकृत बाबुराम पन्तले दुई दिनसम्म कार्यक्रममा सहभागीहरुलाई प्रशिक्षण दिनेछन । सो कार्यक्रम भोलिसम्म चल्नेछ ।











