चितवनः नेपालमा हालका दिनमा हत्या तथा बलत्कारका घटनाहरु निकै बढेको पाइएको छ । पछिल्लो पटक चितवनमा पनि होटलमा बसेको रकम नतिरेको विषयमा विवादहुँदा गोपाल गुरुङ नाम गरेका एक जना ब्यक्तिको हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले गुरुङको हत्या गरेको अभियोगमा तीन जनालाई पक्राउ गरि बुधवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
प्रहरीका अनुसार पक्राउपर्नेहरुमा गैँडाकोट नगरपालिका– २ घर भई नारायणगढस्थित जानकी गेष्ट हाउसमा व्यवस्थापकको काम गर्ने वर्ष ४२ का सञ्जय गजुरेल, भरतपुर महानगरपालिका– २७ घर भई नारायणगढमा भाडामा बस्ने २५ वर्षीय विक्रम महत्तो र कालिका नगरपालिका– ७ जुटपानी घर भई नारायणगढ बजारमा बस्ने ३० वर्षीय रामबहादुर परियार रहेका छन् ।

प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार पक्राउ परेका तिन जनालाई लम्जुङको मस्र्याङ्दी गाउँपालिका– ५ घर भई नारायणगढमा डेरा गरी बस्ने ४८ वर्षीय गोपाल गुरुङको हत्या गरेको अभियोगमा पक्राउ गरिएको हो । उनले नारायणगढस्थित जानकी गेष्टहाउसमा बसेका गुरुङलाई होटलको रकम नतिरेको विषयमा विवादपछि हत्या गरेको अभियोगमा पक्राउ गरिएको बताए ।
थापाकाले गत फागुन १० गते बिहान नारायणगढ नजिकै रहेको नगरवन नजिक गुरुङको शव शङ्कास्पद अवस्थामा भेटिएको बताउदै ततः पश्चात् प्रहरीले अनुसन्धान गर्दा तिनै जना दोषी देखिएपछि पक्राउ गरिएको बताए । उनले पक्राउ परेका तिन जनासंगै शव लैजान प्रयोग गरिएको ना२ह १२४० नंको अटोसमेत बरामद गरिएको बताए । थापाका अनुसार पक्राउ परेका महत्तोले सो अटो चलाउँदै आएका थिए । पक्राउ परेका तिनै जनालाई मुलुकी अपराध संहिता २०७४ परिच्छेद १२ अनुसार ज्यानसम्बन्धी कसुरअन्तर्गत दफा १७७ बमोजिम जन्मकैदको मागसहित मुद्दा दर्ता गरिने थापाले बताए ।

तपाईको प्रतिक्रिया