चितवन । चितवनमा आज (शनिवार) बिहान ९ बजे देखि ५ घण्टा विद्युत आपूर्ति बन्द हुने भएको छ । बिद्युत मर्मतका लागि भन्दै आपूर्ति ५ घण्टा बन्द गर्न लागिएको हो नेपाल बिद्युत प्राधिकरणले जनाएको छ । नेपाल विद्युत प्राधिकरण हेटौंडा ग्रिड महाशाखाले सूचनानै जारी गरेर विहान ९ बजेदेखि दिउसो २ बजेसम्मका लागि बिद्युत आपुर्ती बन्द हुने जनाएको छ ।

सो सुचनामा अनुसार हेटौंडा ग्रिड महाशाखा अन्तर्गतको १३२/३३/११ केभि भरतपुर सबस्टेशनमा १३२ केभि बसबार कण्डक्टर मर्मत, सिटिपिटी चेन्ज लगायतका अन्य आवश्यक मर्मत सम्हार गर्नुपर्ने भएकाले विद्युत आपूर्ति बन्द गर्न लागिएको उल्लेख गरिएको छ । महाशाखा प्रमुख ई. राजु श्रेष्ठद्धारा जारी सुचनामा शनिवार भरतपुर सबस्टेशन, चनौलि सबस्टेसन र पर्सा सबस्टेसनबाट प्रसारित तथा वितरित सम्पूर्ण फिडहरुको बिद्युत आपुर्ती अबरुद्ध हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया