काठमाडौं । नास्टमा गरिएको परिक्षणमा काठमाडौंको बौद्धबाट बरामद गरेको साढे २ किलो वस्तु अप्रशोधित युरेनियम रहेको पुष्टि भएको छ । गत शुक्रबार पत्रकार सम्मेलन गर्दै महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले उक्त बस्तु सहित चार जनालाई सार्वजनिक गरेको थियो ।

बरामद गरिएको उक्त वस्तुको नमूनालाई नेपाल प्रहरीले परीक्षणका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) मा पठाएको थियो । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख हरिबहादुर पालले नास्टले गरेको नमूना परीक्षण अनुसार उक्त वस्तु अप्रशोधन युरेनियम रहेको पुष्टि भएको जानकारी दिए । युरेनियम बोकेर हिँड्ने चार जनालाई प्रहरीले सोही दिन सार्वजनिक गरि सकेको छ । प्रहरीले उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया