चितवन । रत्ननगर जेसीजले नया बर्ष २०७८ सालको शुभकामना आदान प्रदान तथा भित्तेपात्रो बिमोचन कार्यक्रम सम्पन्न गरेको छ । रत्ननगर जेसीज बर्ष २०२१ का अध्यक्ष जेसी हेमराज आचार्यको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल जेसीज बर्ष २०२१ का रास्ट्रीय अध्यक्ष सिनेटर अरुनेस्वर खनाल प्रमुख अतिथी रहनु भएको थियो ।

रत्ननगर जेसीजका लोम इडिटर तथा भित्तेपात्रो प्रकासन समीती संयोजक जेसी सुमन पौडेलको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा रत्ननगर जेसीजका धरोहर पुर्ब अध्यक्षज्युहरु जेसी सुबास पोखरेल, जेसी रुपन राज घिमिरे, जेसी योगेन्द्र नाथ अधिकारी, जेसी बुद्ध राम जोसि, जेसी देबेन्द्र श्रेस्ठ, जेसी निरन्जन श्रेस्ठ, जेसी पुरुशोत्तम रिजाल लगायत रत्ननगर जेसीजका बोड पदाधिकारी एबम जेसी सदस्य हरुको राम्रो उपस्थिति रहेको थियो ।
नेपाल जेसीज बर्ष २०२१ का रास्ट्रीय उपाध्यक्ष जेसी शिव प्रसाद भुसाल, रत्ननगर जेसीज बोड अफ ट्रस्टिज सम्योजक जेसी निरन्जन श्रेस्ठ, रत्ननगर जेसीजका पुर्ब अध्यक्ष जेसी पुरुशोतम रिजाल, नारायणगढ जेसीजका अध्यक्ष जेसी बाशुदेब दवाडी, रास्ट्रीय अध्यक्ष सिनेटर अरुनेश्वर खनाल लगायतले जेसीजका क्षेत्रहरु मध्ये तीन वटा क्षेत्र समेटेर भित्तेपात्रो मार्फत उत्कृष्ट कार्य गरेको भन्दै मन्तब्य राख्नु भएको रत्ननगर जेसीज बर्ष २०२१ का महासचिव जेसि उपेन्द्र शर्मा आचार्यले जानकारी दिनुभयो । कार्यक्रम निपनिमा रहेको होटल बेडरक रिसोर्टमा सोमबारसम्पन्न भएको थियो ।














