लुकिछिपी भारत प्रवेश गर्न लागेका २ युवती सहित एक महिला आज बिहान बिजयबस्तीबाट पक्राउ परेका छ्न । आफ्नो घर नुवाकोट जिल्लाको तादी गाउँपालिका वडा नं. १ बताउने दुइजना अन्दाजी २५/२६ बर्षका युवती र उनीहरूलाई भारतको लद्दाखमा रहेको काली मन्दिर घुमाउन लैजादै गरेको बताउने अन्दाजी ४२ बर्षकी महिलालाई प्रहरी चौकी बिजयबस्तीको टोलीले पक्राउ गरेको छ ।
गहुगोरो बर्णका दुई युवती र अधबैंसे महिलाले हरेक प्रश्नको शंकास्पद जवाफ दिन थालेपछि पक्राउ गरिएको प्रहरी चौकी बिजयबस्तीले जनाएको छ । भारत जानका लागि गाडी नपाएको र बिजयबस्तीकै एक युवालाई मोटरसाइकलमा नर्कटियागंज पु¥याइदिन अनुरोध गरेपछि शंका लागेर प्रहरीमा खबर गरेको ती युवाले बताए ।
प्रहरी चौकी बिजयबस्तीमा सामान्य सोधपुछ गर्दा ती युवतीहरुले आफ्नो घरमा समेत जानकारी नदिइकन आएको पत्ता लागेपछि उनिहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बिरगंज पठाइएको प्रहरी चौकी बिजयबस्तीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बिरगंज पु¥याइएपछी थप जानकारी प्राप्त हुने इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ ।
सामाचार श्रोतः स्वदेश एफएम ९३.२











