चितवन । चितवनमा तत्काल लकडाउन नहुने चितवनका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लामिछानेको स्पष्ट पारेका छन् । उनले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) चितवनको सोमबार बसेको बैठकले लकडाउन वा निषेधाज्ञाको बारेमा कुनै निर्णय नगरेको बताउदै तत्काल लकडाउन नहुने स्पष्ट पारेका हुन् ।

डीसीसीएमसीका संयोजक एवंम प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लामिछानेले तत्कालै चितवन जिल्लामा लकडाउन वा निषेधाज्ञा गर्ने बारे कुनै निर्णय नभएको र अवस्था हेरेर मात्रै सो को बारेमा निर्णय लिइने बताए । उनले लकडाउन गर्ने अधिकार सरकारलाई रहेको बताउदै जिल्ला प्रशासन कार्यालयले तत्काल निषेधाज्ञा गर्ने सोच नबनाएको बताउदै कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गए भने निषेधाज्ञा हुन सक्ने जिकिर गरे ।
भरतपुर महानगरपालिका भित्र सक्रिय संक्रमितको संख्या एक हजार र अन्य नगरपालिकाहरुमा सक्रिय संक्रमितको संख्या दुई बढी देखिएमा भने निषेधाज्ञा गरिने प्रजिअ लामिछानेको भनाई छ ।
सोमबार दिउँसोसम्म सक्रिय संक्रमितको संख्या ३९२ पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनको तथ्याकं अनुसार चितवनमा अहिले सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा ३४६, रत्ननगरमा २२, कालिकामा १०, खैरहनीमा ६, राप्तीमा ५ र माडीमा ३ जना संक्रमित संक्रमित रहेका छन् । इच्छाकामना गाउँपालिका भने अहिलेसम्म शून्य संक्रमित रहेको जनाइएको छ ।











