महेश पाण्डे
चितवन । रत्ननगरमा आज एकै दिन २१ जना कोरोना संक्रमित थपिएका छन् । आज (शनिबार) गते एकै दिन २१ जना कोरोना संक्रमित थपिएसंगै कोरोनाको यो दोस्रो लहरमा संक्रमितको संख्या रतननगरमा ३०८ पुगेको रत्ननगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव पौडेलले नेपालीको आवाज डटकमलाई दिए ।
शनिबार थपिएका संक्रमितसँगै रत्ननगरमा कोरोनाको दोस्रो लहर अर्थात बैशाख ३ गते देखि जेष्ठ १ गते सम्ममा संक्रमितको संख्या ३०८ पुगेको छ । बैशाख ३१ अर्थात शुक्रबार सम्मको तथ्याकंलाई हेर्दा हाल सम्म रत्ननगरमा मृत्यु हुनेको संख्या ५ जना अर्थात २ प्रतिशत, निको हुनेको संख्या २४ जना अर्थात ८ प्रतिशत र सक्रिय संक्रमितको संख्या २५७ जना अर्थात ९० प्रतिशत रहेको छ । यसमा १४७ जना पुरुष रहेका छन् भने १३० जना महिला रहेका छन् । यसमा २५७ जना होम आइसोलेसनमा, १७ जना हस्पिटलमा र २ जना नगरको आइसोलेसन अर्थात बकुलहर रत्ननगर अस्पतालमा रहेका छन् ।
हालका दिनमा रत्ननगरका वडामा संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । यो अवस्थालाई हेर्दा रत्ननगर कोरोनाको हटस्पट बनेको कुरा प्रष्ट बुझिन्छ । रत्ननगरमा सबैभन्दा धेरै संक्रमित वडा नं. १, २, ३, ४, ९, १०, १३, र १४ मा रहेको पाइएको छ भने अन्यमा पनि वडामा पनि यो आँकडा बढ्ने निश्चित प्राय छ ।
रत्ननगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पौडेल भन्छन् यो आँकडा बढ्नुको मुख्य कारण कोराना पुष्टि भएर होम आइसोलेसनमा बसेकाहरुले लापरवाही गरि आइसोलेसनमा शुरक्षित तरिकाले नबस्दा परिवारमा अन्यलाई सार्दा बढेको बताए । उनले त्यसरी एउटा घरको संक्रमितले परिवारका ३ जना सम्मलाई कोरोना सारेको पाइएको उनको भनाई छ ।
त्यसबाहेक पनि हस्पिटल जाने आउने गर्दा, बाहिर कामनै नपरी हिड्दा, स्वास्थ्य मापदण्ड पुरा नगरी बिना माक्स हिडडुल गर्दा पनि र सेनिटाईजर प्रयोग नगर्ने र बेलुका पख भट्टिमा पसेर रक्सी खाने प्रवृती पनि केहि ब्यक्तिमा देखिएकाले त्यसबाट पनि कोरोना सरेको पाइएको पौडेलको जिकिर छ ।
यसरी यी सबै आकाडालाई हेर्दा रत्ननगरमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढि रहेको देखिएको छ । जसको परिणाम भयावह हुन सक्ने बिज्ञको अनुमान रहेको छ ।
बैशाख ३१ अर्थात शुक्रबार सम्मको रत्ननगरको वडा अनुसार काेराेना संक्रमितको संख्या निम्नानुसार रहेकाे छ:
रत्ननगर वडा नं. १ — ४२ जना
रत्ननगर वडा नं. २ —१९ जना
रत्ननगर वडा नं. ३ — २४ जना
रत्ननगर वडा नं. ४ — १५ जना
रत्ननगर वडा नं. ५ — ११ जना
रत्ननगर वडा नं. ६ — ११ जना
रत्ननगर वडा नं. ७ — ८ जना
रत्ननगर वडा नं. ८ — १३ जना
रत्ननगर वडा नं. ९ — १८ जना
रत्ननगर वडा नं. १० — ३८ जना
रत्ननगर वडा नं. ११ — १२ जना
रत्ननगर वडा नं. १२ — १० जना
रत्ननगर वडा नं. १३ — २१ जना
रत्ननगर वडा नं. १४ — २२ जना
रत्ननगर वडा नं. १५ — ११ जना
रत्ननगर वडा नं. १६ — ११ जना











