चितवन । चितवनमा बाघको आक्रमण बढ्दै गएको छ । आज (आईतबार) दिउसो १२ः०० बजेको समयमा भरतपुर म.न.पा. ८ मा रहेको बनदेबी सामुदायिक बनमा निउरो टिप्न गएकी एक महिलालाई आक्रमण गरेर घाइते बनाएसँगै बाघको आक्रमणको घटना चितवनमा बढेको पाइएको हो ।
बाघको आक्रमणमा परि ४२ वर्षकी मिना लामा घाईते भएकी हुन् । घाईते लामालाई उपचारको लागि भरतपुर अस्पाताल भरतपुर लगिएको र उनको उपचार भइरहेको प्रहरीको भनाई छ ।
यो घटनासँगै चितवनमा १० दिनमा बाघको तिन घटना घटेको छ । गत बैशाख २४ गते र २७ गते पनि बाघको आक्रमणबाट चितवनमा २ जना घाईते भएका थिए ।











