चितवन । आफ्ना छोराछोरीले छोडेर गएपछि नातिनिको भरमा रहेका ९१ वर्षीय बृद्धलाई युवाहरुले खाद्यन्न सामाग्री सहित सहयोग गरेका छन् । रन्ननगर १६ का युवाहरुले सोही स्थानमा बस्ने ९१ वर्षका वृद्धलाइ करिब १२ हजार बराबरको खाद्यन्न सामग्री सहित सहयोग हस्तान्तरण गरेका हुन् । निम्न आर्थिक अवस्था भएका ९१ वर्षिया वृद्ध टेक बहादुर मगर करिब ३ वर्ष अगाडी आफ्नै छोरा बुहारीले छोडेर गएपछि नातिनीको सहारामा बस्दै आएका छन् ।

ति वृद्धको हेरचाह गर्दै आएकी जन जागृती माद्यामिक बिद्यालयमा कक्षा ९ मा पढदै आएकी नातिनी गिता मगर पढाइमा भने अब्बल रहेको स्थानिय नेत्र गुरुङ बताउछन् । विहान बेलुकी वृद्ध हजुरबुवालाई खाना पकाएर खुवाएर खुवानु पर्ने र साथमा आफ्नो पढाई पनि पुरा गर्नु पर्ने उनको बाध्यता रहेको गुरुङको भनाई छ ।
आफ्ना बुवा आमाले छोडेर गएपछि आर्थिक भार पनि थपिएको र विहान बेलुकीे खानामा के पकाउने हो भन्ने चिन्ताले सताउने गरेको उनको गुनासो रहेको गुरुङ बताउछन् ।

गुरुङका अनुसार घरको छानो चुहिने हुदा पानी चुहिएर चुल्हो बाल्न नसकिने भएकाले पानी परेको दिन भोकभोकै बस्नु पर्ने अवस्था रहेको छ ।

उक्त खाद्यान्न सामाग्री सहयोग कार्यक्रममा उपस्थित रहेका रन्ननगर १६ का वडा अध्यक्ष हेमराज थापाले ति वृद्धको छिट्टै घर बनाइदिने आश्वासन दिदै तत्काललाइ कोठा खोजेर राखीदिने पनि बताए ।

रन्ननगर १६ को कुंवर टोलमा बस्ने ति वृद्धलाई तत्काल राहत को आवश्यक रहेको युवा समाजसेवि सुमन थापाले जानकारी गराएपछि युवा व्यापारी सन्तोष लामा सहित सम्पुर्ण युवाहरुले आर्थिक रकम संकलन गरि वडाको अध्यक्षको रोहोवरमा खाध्यन्न सामग्री हस्तान्तरण गरिएको गुरुङको भनाई छ ।











