चितवन । एकैदिन चितवनमा २४७ कोरोना संक्रमित थपिएका छन् । बिहिबार स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको तथ्यांकअनुसार भरतपुर महानगरपालिकामा १९१, खैरहनीमा ५, माडी नगरपालिकामा १३, रत्ननगर नगरपालिकामा २६, राप्तीमा ४, कालिकामा ६ र इच्छाकामनामा २ जनामा कोरोना संक्रमण देखिएको हो ।

यो सँगै बिहिबार सम्म चितवनमा जम्मा कोरोना संक्रमितको संख्या १२ हजार १३५ जना पुगेको छ । त्यस्तै हालसम्म चितवनमा १८६ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । चितवनमा बुधबार २३५ जना संक्रमित थपिएका थिए भने यो संख्या मंगलबार २४९ जना रहेको थियो ।

तपाईको प्रतिक्रिया