चितवन । गैँडाको आक्रमणमा परि कालिका नगरपालिका वडा नं. १ निवासी एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आज (शनिबार) दिउसो १२ः३५ बजेको समयमा कालिका न.पा. १ मा रहेको चतुर्मुखी सामुदायिक वनमा सोही स्थानमा बस्ने ५६ वर्षकी तेज कुमारी सुनुवारको मृत्यु भएको हो ।

मृतक सुनुवार जंगलमा घांस तथा न्युरो खोज्न गएको अवस्थामा गैंडाले आक्रमण गरि गम्भीर घाइते बनाएको र उनलाई उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया