चितवन । बिश्व वातावरण दिबसको अबसरमा माडीमा गरियो बृक्षारोपण गरिएको छ । चितवन राष्ट्रिय निकुञ्ज मध्यबर्ती क्षेत्र बघौडा उपभोक्ता समिति र सोमेश्वर सामुदायिक बन समितिको संयुक्त पहलमा सोमेश्वर सामुदायिक बन क्षेत्र भित्र विभिन्न प्रजातीका बिरुवाहरु रोपिएको हो ।

हरियो बन नेपालको धन भन्ने नारालाई आत्मसाथ गर्दै, झन्डै २५० वटा बिरुवा लगाइएको बघौडा मध्यबर्ती बन उपभोक्ता समितिका अध्यक्ष राम प्रसाद तिवारीले नेपालीको आवाज डटकमसंग बताए ।

उनका अनुसार, आज बृक्षारोपण गरिएका बिरुवाहरुमा बाँस, बर्रो, हर्रो, अमला, तेजपत्ता लगाएका बिरुवा रहेका छन । भुक्षय नहोस् भन्ने उदेश्यका साथ खोला छेउछाउमा बाँसका बिरुवा रोपिएको हो । उक्त बृक्षारोपण कार्यक्रममा बन समितिका सबै पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया