चितवन । माडीमा शनिबार भएको रक्तदान कार्यक्रममा ४९ जनाले सहभागीता जनाएका छन । वाइसीएल नेपाल तथा अखिल क्रान्तिकारी जिल्ला समितिको संयुक्त आयोजनामा गरिएको कार्यक्रममा देबेन्द्रपुरमा १२ जना महिला सहित ४९ जनाले रक्तदान गरेका हुन ।
यसैगरी शनिबार नै बगहीमा २८ जनाले रक्तदान गरेका छन । यो बिषम परिस्थितिमा रक्तदान गरि जीवन दान गर्नुहुने सम्पुर्ण रक्तदाताहरुमा आयोजकको तर्फबाट हार्दिक धन्यबाद ज्ञापन गरिएको छ ।











