चितवन । लगातारको पानीले पहिरो खस्दा मुग्लिन नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । तिन दिन देखि परि रहेको पानीको कारणले गर्दा बिहिबार राति ०२ः१० बजेको समयमा चितवन ईच्छाकामना गा.पा.—६ अन्र्तगत मुग्लिन नारायणगढ सडक खण्डको पांचकिलो भन्ने स्थानमा पहिरो गएको हो ।
अबिरल परेको बर्षाको कारण माथीबाट पहिरो खसी दुई तर्फी बाटो अबरोध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । पानी निरन्तर परि रहेको र पहिरो समेत झर्ने क्रम भइरहेको कारण बाटो सुचारु हुन केहि समय लाग्ने प्रहरीको भनाई छ । अहिले डोजर तथा लोडर प्रयोग गरि पहिरो हटाउने प्रयाश भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पाँच किलो, चारकिलो लगायत अन्य विभिन्न स्थानमा पहिरो झर्ने क्रम रहेको प्रहरीको भनाई रहेको छ ।











