चितवन । आज बिहानदेखि परेको अविरल बर्षाका कारण चेपाङ्गबस्ती डुबानमा परेको छ । परुई खोलामा आएको बाढीका कारण खोलाको किनारमा अस्थायी घरटहरा बनाएर कुसुमखोलाबाट बसाइँसराइ गरी बसेका करिब ५५ घरधुरी परिवार घरभित्र पानी पसेर डुबानमा परेका छन । स्थानीय कमल चेपाङ्गका अनुसार, सिता परियार, बिशाल प्रजा, आनड्रेस चेपाङ्ग, अजित कुमार प्रजा, अनिल चेपाङ्ग, कमल चेपाङ्ग, छबीलाल चेपाङ्ग लगाएतको घरमा पानी पस्दा घरभित्र भएका रासानपानी, लत्ताकपडा भिझेर काम नलाग्ने भएको बताए । यसैगरी केही स्थानीयहरुको भाँडाकुडा पानीले बगाएको छ ।

कमल भन्छन् दुखगरी बनाएको यहि झुपडी पनि कता बाढीले बगाएर लैजाने त होइन, भन्ने चिन्ताले सताएको दुखेसो गरे । बोल्नेको पिठो पनि बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन । भनेझैं हामी सोझा साझा गरिब निमुखाहरुलाई कसले पो के नै गर्छन र, भन्दै आक्रोश पोखे । बिगतमा तिन कोठे घर र एक चर्पी निर्माण गरिदिने भन्ने नगरपालिकाको बचन आज छेपारे उखान भएको जिकिर गरे । हामी अब सोझा छैनौ जसले जे भन्छ, त्यहि पत्याइहाल्ने ।

एउटा माघले मात्र जाडो जादैन होला क्यारे, अर्को माघ पनि आइहल्छ । भन्दै कमलले अबको चुनाबमा यसको परिणाम देखाउने बताए । सरकारलाई हामी जनताको माया भन्दा बढी अरु चिजकै माया बढी रहेछ । अयोध्याधाम निर्माणसंगै चेपाङ्गका घर तथा बस्ती निर्माण गर्ने भनेर प्रतिबद्धता जाहेर गरेका नेताहरु आज मन्दिर निर्माणका लागि बजेट छुट्टाइयो । तर हाम्रा घर निर्माणमा बजेट छुट्टाइएन । कति बिभेदको राजनीति भन्दै कमल भक्कानो छुट्ने गरी रुदै भन्छन । अरु हामीलाई केहि चाहिदैन छिटै हामीलाई स्थानीय सरकारले दिएका आश्वासनहरु पुरा होउन् । भन्ने मात्र हाम्रो चाहना हो ।

तपाईको प्रतिक्रिया